कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कर्मचारीमा कोरोना देखिएपछि भन्सारमा समस्या

काठमाडौँ — विराटनगर भन्सारका सात कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको दैनिक कार्य सञ्चालनमा समस्या भएको छ । जोगबनी नाका हुँदै पछिल्लो समय तेस्रो मुलुकबाट मालवाहक साधन न्यून मात्रामा आएका छन् ।

कर्मचारीमा कोरोना देखिएपछि भन्सारमा समस्या

भारतबाट भने दैनिक डेढ सयभन्दा बढी मालवाहक ट्रक आउने गरेका छन् । तिनै ट्रकमा ल्याइएका सामग्रीको भन्सार जाँचका क्रममा कर्मचारीलाई कोरोना संक्रमण भएको हुन सक्ने अधिकारीहरूको अनुमान छ ।

कोरोना संक्रमण पुष्टि भएका सातै जना नायब सुब्बा तहका कर्मचारी रहेको अधिकृत गोपी उप्रेतीले बताए । अन्य कर्मचारी पनि कार्यालय आउन डराएपछि आयातित सामानको भन्सार जाँच प्रभावित बनेको एक भन्सार एजेन्टको भनाइ छ । भन्सारमा सामान छुटाउन जानु भनेको जानीजानी कोरोना भाइरस सार्न जानु जस्तै भएको भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले बताए । जोगबनीबाट पछिल्लो समय व्यापारिक सामान नआए पनि खाद्यान्न, हाइड्रोपावरका सामान, केही औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थ आयात भइरहेको छ ।

प्रकाशित : भाद्र ९, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?