कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट मात्र

काठमाडौँ — सेयर बजारमा नगद कारोबार गर्न नपाइने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशन भन्दै ब्रोकरहरुको छातासंगठन स्टक ब्रोकर्स एसोसिएसनले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र सेयर कारोबारमा भुक्तानी गर्न आग्रह गरेको छ ।

सेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट मात्र

‘व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम लेनदेन विद्युतीय माध्यमबाट मात्र गर्न भनिएकाले अब उप्रान्त धितोपत्र दलाल व्यवसायीहरुले विद्युतीय माध्यमबाहेकबाट भुक्तानी लिन नसक्ने अवस्था रहेको प्रस्ट पार्न चाहन्छौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ, कनेक्ट आईपीएसलगायत इन्टरनेट तथा विद्युतीय भुक्तानी प्रणालीहरुमा आबद्ध हुन पनि संघले भनेको छ ।

‘व्यवसायीले आईपीएसमार्फत बिक्री रकम हस्तान्तरण गर्दा कतिपय ग्राहकले आफ्नो बैंक खाताको विवरण अद्यावधिक नगराएका कारण रकम भुक्तानी गर्न सदस्यलाई असहज भएको तथा भुक्तानी पठाएको रकम फिर्ता हुने गरेको अवस्था विद्यमान छ,’विज्ञप्तिमा उल्लेख छ ।

सेयर बिक्री गर्ने लगानीकर्ताले आईपीएस प्रणालीबाट समयमै भुक्तानी लिन बिक्री गर्नुपूर्व कारोबार गर्ने दलाल व्यवसायीलाई आफूले रकम लिन चाहेको बैंक खाताको विवरण (बैंकको नाम, शाखाको ठेगाना, खाता नम्बर) गल्ती नहुने गरी इमेल, भाइबरजस्ता विद्युतीय माध्यमबाट अद्यावधिक गराउन संघले आग्रह गरेको छ ।

प्रकाशित : भाद्र ६, २०७७ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?