कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्मचारीमा कोरोना देखिएपछि निगमको भैरहवा डिपो बन्द, अमलेखगन्जबाट वितरण गरिने

राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले भैरहवा डिपो ५ दिन, पेट्रोल पम्प र हवाई इन्धन डिपो ७ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । ५ नम्बर प्रादेशिक कार्यालय भैरहवाअन्तर्गतका ११ कर्मचारीलाई कोरोना भेटिएपछि डिपो बन्द गर्ने निर्णय गरेको हो  ।

कर्मचारीमा कोरोना देखिएपछि निगमको भैरहवा डिपो बन्द, अमलेखगन्जबाट वितरण गरिने

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार भैरहवाअन्तर्गत ३ वटा कार्यालय छन् । ती कार्यालयमा करिब ६० जना कर्मचारी छन् । जसमध्ये ११ कर्मचारी सक्रमित भएका हुन् । ‘दुई दिनअगाडि पीसीआर परीक्षण गरेका थियौं । आज रिपोर्ट आउँदा ११ कर्मचारी संक्रमित भेटियो,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘चालकहरुको कन्ट्याक्क ट्रेसिङ र पीसीआर परीक्षण गर्न डिपो ५ दिन, पम्प र हवाई इन्धन डिपो ७ दिनसम्म बन्द गर्ने निर्णय गरेका छौं ।’

निगमका अनुसार प्रादेशिक कार्यालयमा ३ कर्मचारी, मातहतका पेट्रोल पम्पका ३ कर्मचारी र हवाई इन्धन डिपोका ५ जनालाई कोरोना पोजिटिभ देखिएको हो । प्रादेशिक कार्यालय भैरहवाबाट नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँचीलगायत ९ जिल्लाका लागि इन्धन वितरण हुन्छ ।

भैरहवा डिपो बन्द भएपछि ती क्षेत्रमा आवश्यक इन्धन अमलेखगन्जबाट वितरण गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगम स्रोतका कर्मचारीहरुलाई संक्रमण देखिए पनि प्रादेशिक गृह प्रशासनले खासै चासो दिएको छैन । पम्प, चालक, सहचालकको ट्रेसिङ गरिएको छैन । ‘भैरहवामा रहेको निगमको पम्पबाट धेरेले इन्धन वितरण गरेका छौं । लकडाउन गरेर ट्रेसिङ गर्नुपर्नेमा चासो दिएको देखिएन,’ निगमका एक अधिकारीले भने ।



प्रकाशित : श्रावण ३२, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?