माछापुच्छ्रेको विच्याट वालेट भुक्तानी

कान्तिपुर संवाददाता

काठमाडौँ — माछापुच्छ्रे बैंकले विच्याट वालेट भुक्तानी सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि पहिलोपटक विच्याटबाट भुुक्तानी सेवा थालेको हो ।

बैंकले नेपालमा आउने चिनियाँ पर्यटकलाई लक्ष्य गर्दै विच्याट वालेटबाट हुने भुक्तानी सुरु गरेको जनाएको छ । यो सेवापछि विच्याटबाट बैंकसँग आबद्ध मर्चेन्टबाट वस्तु खरिद गर्दा भुक्तानी गर्नुपर्ने रकम क्युआर कोड स्क्यान गरी तिर्न सक्छन् ।

बैंकले प्रस्ट पे टेक्नोलोजी प्रालिसँगको सहकार्यमा विच्याट सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित : श्रावण ३२, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?