कोरोना कोषमा सनराइजको ७९ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — सनराइज बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।

कोरोना कोषमा सनराइजको ७९ लाख

बैंकका सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री युवराज खतिवडालाई शुक्रबार उक्त रकम हस्तान्तरण गरे । उक्त रकमबाट कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले यसअघि देशका विभिन्न प्रदेश सरकार, स्थानीय तह र अस्पताललाई मास्क तथा सेनिटाइजर हस्तान्तरण गरिसकेको बताएको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?