रिलायन्स–एफवानबीच एम–बैंकिङ सम्झौता- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रिलायन्स–एफवानबीच एम–बैंकिङ सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — रिलायन्स फाइनान्सले मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेसनलसँग सम्झौता गरेको छ ।

फाइनान्सका सीईओ अनिल श्रेष्ठ र एफवानका सीईओ सुवास शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे । एफवान सफ्टले ५१ वटा सदस्य बैंकमार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

कालीकोटको महावैमा पहिरोले घर पुरियो, ६ जनाको मृत्यु

तुलाराम पाण्डे

कालीकोट — कालिकोटको महावै गाउँपालिका-३ नकुमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति साढे १२ बजे वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका दुई छोराहरु १३ वर्षीय पुष्प विष्ट र ११ वर्षीय प्रविन विष्ट, छोरीहरु १८ वर्षीया सबिना विष्ट र १५ वर्षीया आशा विष्ट, वडा सदस्य राजबहादुरका दाजु डिलबहादुर विष्टका छोरीहरु १९ वर्षीया शान्ति विष्ट र १० वर्षीया रेखा विष्टको मृत्यु भएको डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले घटनास्थलबाट मृतकको शव निकालेको पनि डीएसपी ओलियाले बताए ।

प्रकाशित : श्रावण ३०, २०७७ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×