कोरोना कोषमा एनएमबी लघुवित्तको १३ लाख- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना कोषमा एनएमबी लघुवित्तको १३ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी लघुवित्त संस्थाले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १३ लाख ६२ हजार ६० रुपैयाँ सहयोग गरेको छ ।

कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा ०७७ असार मसान्तसम्म जम्मा भएको रकम सहयोग गरेको हो ।

प्रकाशित : श्रावण ३०, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलले ल्यायो ‘अल्ट्रा वाइफाई सिम प्लस’

कान्तिपुर संवाददाता

काठमाडौँ — यो उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोल्युम बन्डलसहितको सिम कार्ड हो ।

एनसेल आजियाटाले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ टर्म इभोलुसन (एलटीई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुने गरी ‘अल्ट्रा वाइफाई सिम प्लस’ सेवा ल्याएको छ ।

वाइफाई सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवाअन्तर्गत दुईवटा सिम पाउँछन् । जुन प्रत्येक महिना डेटा, अननेट टक टाइम र डिजिटल कन्टेन बन्डल सेवाका रूपमा प्राप्त हुनेछन् ।

प्रकाशित : श्रावण ३०, २०७७ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×