एनसेलले ल्यायो ‘अल्ट्रा वाइफाई सिम प्लस’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलले ल्यायो ‘अल्ट्रा वाइफाई सिम प्लस’

कान्तिपुर संवाददाता

काठमाडौँ — यो उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोल्युम बन्डलसहितको सिम कार्ड हो ।

एनसेल आजियाटाले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ टर्म इभोलुसन (एलटीई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुने गरी ‘अल्ट्रा वाइफाई सिम प्लस’ सेवा ल्याएको छ ।

वाइफाई सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवाअन्तर्गत दुईवटा सिम पाउँछन् । जुन प्रत्येक महिना डेटा, अननेट टक टाइम र डिजिटल कन्टेन बन्डल सेवाका रूपमा प्राप्त हुनेछन् ।

प्रकाशित : श्रावण ३०, २०७७ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

बजारमा ‘इन्फिनिक्स नोट ७’

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्फिनिक्सले ‘इन्फिनिक्स नोट ७’ नामक स्मार्टफोन सार्वजनिक गरेको छ ।

यो स्मार्टफोनमा ४८ एमपी क्वाड क्यामेरा र ६.९५ इन्च डिस्प्ले छ ।

नोट ७ मा १०८०पी लो–लाइट भिडियो क्यामेरा र जी ७० सीपीयू प्रस्तुति, ५ हजार एमएएच ब्याट्री, १८ वाट गतिको चार्जिङ क्षमता जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

४ जीबीका साथ १२८ जीबी नोट ७ को नेपाली बजारमा मूल्य २१ हजार ९ सय ९० रुपैयाँ छ । यो ग्रिन, ब्ल्याक र ब्लु गरी तीन रङमा उपलब्ध छ ।

प्रकाशित : श्रावण ३०, २०७७ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×