सुनको भाउ प्रतितोला २ हजार ४ सय रुपैयाँ बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार तोलामै ६ हजार २ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार भने २ हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बिहीबार भने ९७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ प्रतितोला २ हजार ४ सय रुपैयाँ बढ्यो

त्यस्तै बुधबारको तुलनमा तेजाबी सुनको भाउ पनि २ हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ पनि ८५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार २ सय १० रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार एक हजार २ सय ९५ रुपैयाँ पुगेको छ ।

लगातार उकालो लागेको सुनको भाउ बुधबार एकैदिन तोलामै ६ हजार २ सय रुपैयाँ घटेको छ थियो । रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालमा पनि भाउ घटेको सुनचाँदी व्यवसायी महासंघले बताएको थियो ।

यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित : श्रावण २९, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?