कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरोना कोषमा सिद्धार्थको २ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २ करोड २७ हजार ९ सय २९ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच बैंकका अध्यक्ष मनोजकुमार केडियाले अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरे ।

कोरोना कोषमा सिद्धार्थको २ करोड

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकका तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताए । यसअघि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग गरिसकेको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?