ज्योति र केन्द्रबीच ‘न्यानो नानी’ सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच ‘न्यानो नानी’ बेबी वार्मरसम्बन्धी परियोजनामा सहकार्य गर्नेबारे सम्झौता सम्पन्न भएको छ ।

बैंकका प्रमख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताबमोजिम बैंकले १० वटा न्यानो नानी बनाउन आवश्यक ८ लाख रुपैयाँ केन्द्रलाई प्रदान गर्नेछ ।

उपकरण बंैक र केन्द्रको सहकार्यमा देशका विभिन्न ग्रामीण अस्पताललाई प्रदान गरिनेछ ।

प्रकाशित : श्रावण २८, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?