एफवान सफ्ट पुरस्कृत- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एफवान सफ्ट पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — एफवान सफ्ट इन्टरनेसनल ‘दक्षिण पूर्वी एसिया व्यापार’ पुरस्कारबाट सम्मानित भएको छ

 ।

यो पुरस्कार बेलायतको बिजनेस पत्रिका एपीएसीले दक्षिण एसियाका व्यवसायहरुले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्छ ।

एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले कम्पनीको प्रयासअनुसार दक्षिण एसियाका प्रतिष्ठित कम्पनीमाझ अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व व्यक्त गरे ।

प्रकाशित : श्रावण २८, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यलाई चौधरी फाउन्डेसनको ८ थान भेन्टिलेटर

कान्तिपुर संवाददाता

काठमाडौँ — चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले कोभिड–१९ का बिरामीका लागि आवश्यक आठवटा भेन्टिलेर सहयोग गरेको छ ।

फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ती भेन्टिलेटर हस्तान्तरण गरे ।

भेन्टिलेटर प्रदेश–१, २, ५ र वाग्मतीका अस्पतालमा राखिनेछ ।


प्रकाशित : श्रावण २८, २०७७ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×