स्वास्थ्यलाई चौधरी फाउन्डेसनको ८ थान भेन्टिलेटर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यलाई चौधरी फाउन्डेसनको ८ थान भेन्टिलेटर

कान्तिपुर संवाददाता

काठमाडौँ — चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले कोभिड–१९ का बिरामीका लागि आवश्यक आठवटा भेन्टिलेर सहयोग गरेको छ ।

फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ती भेन्टिलेटर हस्तान्तरण गरे ।

भेन्टिलेटर प्रदेश–१, २, ५ र वाग्मतीका अस्पतालमा राखिनेछ ।


प्रकाशित : श्रावण २८, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

सामसङका स्मार्टफोनको प्रि–बुकिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ नेपालले ‘ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा’ को प्रि–बुकिङ खुला गरेको छ ।

स्मार्टफोनको बुकिङ खुलासँगै सामसङले विभिन्न अफरसमेत ल्याएको छ । ग्यालेक्सी नो६ २० सिरिज स्मार्टफोनले कम्प्युटरजस्तै कार्य गर्न सक्छन् । यसमा प्रो–गेम खेल्न सकिन्छ । ग्लालेक्सी नोट २० सिरिजमा ८के क्यामेरा छ । ग्यालेक्सी नोट २० को नेपाली बजारमूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी नोट २० अल्ट्राको १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

यी फोन साउन २८ देखि भदौ १२ सम्म ग्राहकले ब्रान्ड सप तथा रिटेल स्टोरमा बुकिङ गर्न सक्छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×