साओमीका दुई स्मार्टफोन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

साओमीका दुई स्मार्टफोन

कान्तिपुर संवाददाता

काठमाडौँ — साओमीले ‘रेडमी नोट ९ प्रो म्याक्स’ र ‘मी पावर बैंक २आई’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

‘रेडमी नोट ९ प्रो म्याक्स’ मा औरा ब्यालेन्स डिजाइन, १६.९ सीएम (६.६७ इन्च) एफएचडी प्लस डट डिस्प्ले, जेड एक्जिस लिनियर भाइब्रेसन मोटर, क्वाल्कम स्न्यापड्रयागन ७२० जी तथा ८ एनएम चिपसेट, ५०२० एमएएच ब्याट्री, ३३ वाट फास्ट चार्जरलगायत विशेषता रहेको कम्पनीले जनाएको छ । ‘मी पावर बैंक २आई’ हलुका वजन र १४.२ एमएम स्लिम छ । ६ जीबीको ‘रेडमी नोट ९ प्रो म्याक्स’ को मूल्य ३१ हजार ९ सय ८८ र ८ जीबीको ३४ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

१० हजार एमएएचको ‘मी पावर बैंक २ आई’ को मूल्य १८ सय ९९ रुपैयाँ र २० हजार एमएएचको ३१ सय ९९ रुपैयाँ छ ।

प्रकाशित : श्रावण २७, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्

सेनालाई १० वटा भेन्टिलेटर

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय सेनाले आइतबार नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर प्रदान गरेको छ ।

कोभिड–१९ विरुद्ध लड्न सहयोगका लागि भारतीय सेनाले उक्त भेन्टिलेटर सहयोग गरेको जनाएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगीअड्डामा आयोजित कार्यक्रममा उक्त भेन्टिलेटर प्रदान गरे । यी भेन्टिलेटर अस्पतालका आईसीयू, बहुविशेषतायुक्त अस्पताल तथा विशेष आईसीयू कक्षमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित : श्रावण २७, २०७७ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×