कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

घले गाउँमा पर्यटकलाई निम्तो

कान्तिपुर संवाददाता

लमजुङ — स्मार्ट भिलेजका नामले परिचित पर्यटकीय घले गाउँ पर्यटकका लागि भदौ १ गतेदेखि खुल्दै छ । लकडाउनपछि घले गाउँमा पर्यटक आगमन ठप्प छ । कोरोना संक्रमण फैलिन नदिन गाउँ भेलाले होमस्टेमा पर्यटक राखे २० हजारदेखि ५० हजारसम्म जरिवाना तोकेको थियो ।

घले गाउँमा पर्यटकलाई निम्तो

सरकारले सबैखाले स्वास्थ्य सुरक्षा अवलम्बन गरी लकडाउन हटाएको अवस्थामा जिल्लाका पर्यटकलाई घुम्ने अवसर दिइने पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घले गाउँका अध्यक्ष प्रेम घलेले जानकारी दिए ।

‘मास्क, सेनिटाइजर लगाउने, साबुनपानीले पटकपटक हात धुने, भौतिक–सामाजिक दूरी कायम गरी बस्ने, एउटा कोठामा दुई जना मात्रै बस्न मिल्ने गरी हामीले भदौ १ देखि होमस्टे खोल्छौं,’ उनले भने, ‘सुरुमा जिल्लावासीलाई खुला गरेका छौं । त्यसपछि बिस्तारै प्रदेशवासीका लागि खोल्छौं । संक्रमित फैलिएको ठाउँबाट भने तत्काल आउन दिँदैनौं ।’ सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डभित्र रहेर होमस्टे चलाइने उनले बताए । पाहुनालाई स्थानीय स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गराएपछि मात्रै होमस्टे प्रवेश दिइनेछ । कोरोना संक्रमणको लक्षण देखिनेलाई होमस्टे प्रवेश दिइने छैन । ग्रामीण पर्यटन लामो समय बन्द हुँदा होमस्टे सञ्चालक समस्यामा परेको समितिका सचिव उमलबहादुर विकको भनाइ छ ।

घले गाउँ घुम्न परिवार नै आए उनीहरूलाई एउटै घरमा राखिने उनले बताए । गाउँ मात्रै खुला गरिएको र यहाँका स्थानीय जनजीवन मात्रै हेर्न पाइनेछ । परम्परागत गुरुङ संस्कृति झल्कने घाटु, सोरठी, सेर्का, कृष्णचरित्र, घ्याब्रेलगायत नाच भने तत्काल प्रदर्शन नगरिने समितिका कार्यालय सचिव दीर्घ घलेले बताए ।

प्रकाशित : श्रावण २६, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?