कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेप्सेको वृद्धि सुस्त

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला दुई कारोबार दिनमा घटेको नेप्से आइतबार करिब ११ अंकले बढ्यो । योसँगै नेप्से परिसूचक १ हजार ३ सय ९२.६८ बिन्दुमा उक्लिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबारको कारोबार ०.८२ प्रतिशत बढी हो ।

नेप्सेको वृद्धि सुस्त

गत बुधबार र बिहीबार नेप्से क्रमशः १७.६९ र १.२९ प्रतिशत घटेको थियो । बजारमा पर्याप्त तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले एक अंकको ब्याजदर (औसतमा ९ प्रतिशत) मा सेयर धितोमा कर्जा दिन थालेका छन् । सस्तो ब्याजदरमा कर्जा पाइने भए पनि कोभिड–१९ को जोखिम बढ्दै गएकाले लगानीकर्ताले थप लगानी बढाउन नचाहेको एक सेयर ब्रोकरले बताए । ‘फेरि लकडाउन भएर बजार पुनः बन्द हुने हो कि भन्ने आशंका लगानीकर्तामा छ,’ उनले भने ।

अहिले सेयर धितोमा कर्जाको ब्याजदर आव ०७३/७४ यताकै कम भएको जानकारहरू बताउँछन् । अर्थतन्त्रमा लगानीका अन्य क्षेत्र फस्टाउन नसकेको, बैंक तथा वित्तीय संस्थामा नयाँ कर्जा माग नभएकोलगायत कारण बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका छन् । यसअघि सेयर कर्जा प्रवाह नगर्ने बैंक तथा वित्तीय संस्थाले पनि नयाँ प्रडक्टसहित सेयर कर्जाका लागि आह्वान गरिरहेका छन् । तर नेप्से परिसूचक र कारोबार रकम भने अपेक्षित रूपमा बढ्न सकेको छैन । बरु धेरैजसो घटेर बन्द हुन थालेको छ । आइतबार करिब ३० हजार २ सय कारोबारबाट १ सय ८७ कम्पनीका ३२ लाख १२ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ९७ करोड ७८ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो । योसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) १८ खर्ब ३८ अर्ब रुपैयाँमा सीमित भएको छ ।

नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.५ प्रतिशतले सकारात्मक रह्यो । व्यापारमा आएका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.८६ प्रतिशत बढ्यो । सो दिन कारोबारमा आएकामध्ये होटलबाहेक सबै उपसमूहका परिसूचक बढे । तर तिनको वृद्धिदर पनि सुस्त छ ।

प्रकाशित : श्रावण २६, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?