‘टिम स्वर्ग’ को विजेता टिम जीबी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘टिम स्वर्ग’ को विजेता टिम जीबी

कान्तिपुर संवाददाता

काठमाडौँ — राकुटेन भाइबरको ई–स्पोटर््स ‘टिम स्वर्ग’ फोर्टनाइट प्रतियोगिताको विजेता टिम जीबी भएको छ ।

प्रतियोगिता प्रसारणमा ६ हजारभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगिताको विजयी टिममा यातो, क्नास सान्तोष र एसटिफोरइन्क्स थिए । विजेता टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । भाइबरले ई–स्पोर्ट्सलाई साथ दिन ‘टिम स्वर्ग’ नामक फोर्टनाइट कम्युनिटी सुरु गरेको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्

बनेपामा बेनेलीको सोरुम

कान्तिपुर संवाददाता

काठमाडौँ — इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको आधिकारिक बिक्रेता टपगियर इन्टरनेसनलले बनेपामा सोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले सोरुममा पाँच नयाँ मोडलका इन्जिन प्रस्तुत गरेको छ । यी मोडलहरूको इन्जिनमा दुई वर्षको वारेन्टी छ । कम्पनीले १५० सीसीको टीएनटी १५, १५० सीसीको टीएनटी १५० आई, २५० सीसीको बीएन २५१, एलईओएनसीआईएनओ २५० र टीआरके २५१ मोडलका इन्जिन ल्याएको जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×