कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

'यात्रा रोक्नु मौलिक अधिकार हनन हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — बुद्ध एयरले वायुसेवा अतिआवश्यक सेवामा पर्ने जनाउँदै हवाई यात्रा रोक्दा मौलिक अधिकार हनन हुने जनाएको छ ।

भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्ने निर्णय गरेको सरकारले कोरोना महामारी रोकथामका लागि पुनः उडान रोक्न लागेको भन्दै बुद्ध एयरले त्यसो नगर्न आग्रह गरेको हो ।

'यात्रा रोक्नु मौलिक अधिकार हनन हो'

बुद्ध एयरले शुक्रबार विज्ञप्ति निकालेर आन्तरिक वायुसेवालाई सरकारले बन्द गरेका कारण सर्वसाधारण तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर दसौं हजार रुपैयाँ खर्च गर्न बाध्य भएको आरोप लगाएको छ ।

‘घन्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन् । यस्ता यात्रुरुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हनन् गर्नु हो,’ बुद्ध एयरले भनेको छ, ‘तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो ।’ बिहीबार सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नियमित पत्रकार सम्मेलनमा ‘उडान पुनः सञ्‍चालन गर्ने निर्णय गरेको भए तापनि त्यो निर्णय कार्यान्वयन हुने स्थिति देखानपरेको’ बताएका थिए ।

कोभिड–१९ को महामारीको अवस्थामा पनि अतिआवश्यक कारणले सर्वसाधारणहरु काठमाडौं तथा अन्यत्र आउजाउ गरिनैरहेकाले वायुसेवा उडानलाई रोक्न नमिल्ने बुद्ध एयरको जिकिर छ । बरु अव्यवस्थित यात्राबाट संक्रमण फैलिरहेको उसले दाबी गरेको छ । ‘संक्रमित व्यक्तिसँग असुरक्षित तवरले घन्टौं यात्रा गर्दा संक्रमण फैलिनु स्वाभाविक हो । पछिल्लो समयमा काठमाडौं उपत्यका तथा देशभित्र दिनहुँ संक्रमित बढ्नुमा यो नै मुख्य कारण हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : श्रावण २३, २०७७ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?