२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘लेखापरीक्षणका कैफियत बाहिर ल्याउनुस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखापरीक्षणका क्रममा हुँदै आएको कैफियत बाहिर ल्याउन अर्थमन्त्री युवराज खतिवडाले लेखापरीक्षकहरूलाई निर्देशन दिएका छन्

‘लेखापरीक्षणका कैफियत बाहिर ल्याउनुस्’

 ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘सबै स्थानीय सरकारको लेखाप्रणालीमा एकरूपता कायम गर्दै प्रविधिको प्रयोग गरेर लेखा व्यवस्थापनमा लाग्नुस् ।’ स्वदेशी एवं विदेशी लगानीकर्ता आकर्षित गर्न पनि पारदर्शी र विश्वासनीय वित्तीय विवरण आवश्यक पर्ने भएकाले त्यसका लागि लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्माले अडान र एसीसीएबीच भएको सम्झौताबाट एसोसिएसनको अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।

प्रकाशित : श्रावण २२, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?