२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बजारमा ‘अपाचे आरटीआर १६० ४ भी’

कान्तिपुर संवाददाता

काठमाडौँ — टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अपाचे आरटीआर १६० ४ भी’ को सिंगल डिस्क भेरियन्ट मंगलबार सार्वजनिक गरेको छ ।

बजारमा ‘अपाचे आरटीआर १६० ४ भी’

कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएको अपाचे आरटीआर १६० ४ भीसीएलाई सिंगल डिस्कमा पनि उपलब्ध गराएको हो ।

जगदम्बा मोटर्सले नयाँ भेरियन्टमा अपाचे आरटीआर १६० ४ भीलाई बजारमा ल्याएको हो । यसको पछाडि चक्कामा भने ड्रम ब्रेक छ । कम्पनीले साउन ८ मा सार्वजनिक गरेको नयाँ मूल्यसूचीमै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ रहेको जानकारी दिइएको छ ।

दराजले चलाइरहेको ‘दराज महाबचत’ योजना सकिएलगत्तै यो सार्वजनिक गरिएको हो । दराजबाट अपाचे आरटीआर १६० ४ भी किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउनेछन् । यो छुट ७ दिनका लागि रहनेछ ।

प्रकाशित : श्रावण २२, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?