कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धितोपत्र बोर्डलाई सूचना सच्याउन सगुनको अनुरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — सगुनले नेपाल धितोपत्र बोर्डले साउन १४ मा प्रकाशन गरेको सूचना सच्चाउन अनुरोध गरेको छ ।

बोर्डले ‘बोर्डबाट स्वीकृति प्रँप्त नगरेका निष्कासन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधरण लगानीकर्ताहरुलाई जरुरी सूचना’ विषयमा सूचना प्रकाशन गरेको थियो ।

‘बोर्ड जस्तो जिम्मेवार निकायले विषयवस्तुको गम्भीरता नबुझी साउन १४ गते प्रकाशन गरेको सार्वजनिक सूचनालाई सच्याइयोस् भनी आग्रह गर्दछौं,’ सगुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसै सिलसिलामा सगुनले बोर्डलाई स्पष्टीकरण निवेदनसमेत बुझाइसकेका छौं ।’ कम्पनीले नेपालमा नेपालीहरुलाई लक्ष्य गरी धितोपत्रको सार्वजनिक निष्कासन जारी गरेकोसम्बन्धी कुनै विषय विज्ञापन नगरेको सगुनले जनाएको छ ।

प्रकाशित : श्रावण २१, २०७७ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?