कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सामसङले ल्यायो क्यासब्याक अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङले आफ्नो उत्पादन ग्यालेक्सी ‘एस २० प्लस’ र ‘एस २०’ मा क्यासब्याकको अफर ल्याएको छ ।

अफरअन्तर्गत ग्राहकले ग्यालेक्सी ‘एस २० प्लस’ र ‘एस २०’ खरिदमा तत्काल क्यासब्याक प्राप्त गर्नेछन् । योजनाअनुसार एस २० प्लसमा २२ हजार रुपैयाँ र एस २० मा १९ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफरअन्तर्गत ग्राहकले अब १ लाख ४ हजार ९ सय ९९ रुपैयाँमा एस २० प्लस र ९४ हजार रुपैयाँमा एस २० खरिद गर्न सक्छन् ।

यसअघि ग्यालेक्सी एस २० प्लसको मूल्य १ लाख २६ हजार ९ सय ९९ रुपैयाँ र ग्यालेक्सी एस २० को मूल्य १ लाख १३ हजार ९ सय ९९ रुपैयाँ थियो । यो योजना अगस्ट १ देखि सीमित अवधिका लागि लागू रहने कम्पनीले जनाएको छ ।

प्रकाशित : श्रावण २०, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?