सजिलो मिल्सको अनलाइन डेलिभरी

कान्तिपुर संवाददाता

काठमाडौँ — सजिलो मिल्स प्रालिले मंगलबारदेखि अनलाइन फुड डेलिभरी सुरु गर्ने भएको छ ।

सजिलो मिल्सको अनलाइन डेलिभरी

व्यक्तिले चाहेअनुसारको तयारी खाना घरघरमा पुर्‍याउने उद्देश्यले सजिलो मिल्सले अनलाइन फुड डेलिभरी सुरु गरेको जनाएको छ । कम्पनीले पहिलो चरणमा काठमाडौंभित्र सञ्चालनमा रहेका रेस्टुरेन्टमा तयार खाना अर्डर गरेको एक घण्टाभित्र ग्राहकमाझ पुर्‍याउने लक्ष्य लिएको छ ।

कम्पनीले अहिलेसम्म ३५ वटा रेस्टुरेन्टसँग अनलाइन डेलिभरीका लागि सम्झौता गरिसकेको जनाएको छ । दोस्रो चरणमा घरमा तयार हुने खाना कार्यालय तथा कर्पाेरेट हाउसमा पुर्‍याउने कम्पनीको योजना छ ।

प्रकाशित : श्रावण २०, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?