२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

फेरि पनि नबिल ‘उत्कृष्ट बैंक’

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकलाई बेलायतको पत्रिका युरोमनीले दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ बाट पुरस्कृत गरेको छ ।

समकालीन बैंकमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो सम्मान प्रदान गरिएको बताइएको छ । नबिललाई समग्र बैंकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट ठहरिँदै युरोमनीले पुरस्कृत गरेको बैंकले जनाएको छ ।

सन् १९९२ मा स्थापना भएको ‘युरोमनिज अवार्ड फर एक्सिलेन्स’ लाई बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारका रूपमा लिइन्छ ।

प्रकाशित : श्रावण १९, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?