१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चिनियाँ प्राविधिक नफर्किंदा विद्युत् उत्पादन रोकियो

आयोजनाको काम सकिएको चार महिना भइसकेको छ
लालप्रसाद शर्मा

पोखरा — कास्कीको मादी गाउँपालिका–२ सेतीखोलामा १२ मेगावाट क्षमताको नामार्जुङ–मादी जलविद्युत् आयोजनाको काम सकिएको चार महिना भयो । तर आयोजनाले उत्पादन सुरु गर्न पाएको छैन । चिनियाँ प्राविधिक नेपाल आउन नपाउँदा विद्युत् उत्पादन गर्न नपाइएको हो ।

चिनियाँ प्राविधिक नफर्किंदा विद्युत् उत्पादन रोकियो

आयोजनाबाट उत्पादित बिजुली साढे ४ किलोमिटर तल अपरमादी जलविद्युत् आयोजनाको स्विचयार्डमा जोडेर १३२ केभीए प्रसारण (केन्द्रीय) लाइनमा जोड्ने काम लकडाउनका कारण रोकिएको हो । आयोजनाको सबै निर्माण सकिएर ट्रान्समिसन लाइन परीक्षणसमेत भइसकेको छ । चिनियाँ प्राविधिक आएर सफ्टवेयर मिलाउने काम मात्र बाँकी छ । ‘चिनियाँ प्राविधिक आएर दुई/तीन दिन काम गरेपछि विद्युत् उत्पादन सुरु भइहाल्छ,’ आयोजनाका इन्जिनियर अमित पन्तले भने ।

नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक कोरोनाका कारण आउन पाएनन् । यसले चैतबाटै उत्पादन गर्ने लक्ष्य लिएको आयोजना यत्तिकै छ । १२ सय ४५ मिटर लामो नहरबाट मादी नदीको पानी ल्याएर ३ सय मिटर पेनस्टक पाइपमार्फत सेतीखोलास्थित विद्युत् गृहमा पानी खसालिएको छ । हिमालयन हाइड्रोपावर लिमिटेडअन्तर्गत ५ सय ९९ संस्थापक सेयरबाट २ अर्ब २७ करोड लागतमा आयोजना बनेको हो । यसको लागत बढ्न सक्ने लेखा अधिकृत जयराम न्यौपानेले बताए ।

ग्लोबल आईएमई बैंकको संयोजकत्वमा विभिन्न पाँच बैंकबाट १ अर्ब ४७ करोड रुपैयाँ ऋण लिइएको छ । व्यावसायिक रूपमा विद्युत् उत्पादन भएपछि पब्लिक सेयर खुलाउने तयारी पनि भइरहेको न्यौपानेले जानकारी दिए । आयोजनाले ०६७ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।

प्रकाशित : श्रावण १९, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?