३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एनआरएनएको ‘विश्व ज्ञान सम्मेलन’

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो ‘एनआरएन विश्व ज्ञान सम्मेलन–२०२०’ गर्ने भएको छ ।

संघले सरकारसँगको सहकार्यमा असोज २३ देखि २५ सम्म काभ्रेको धुलिखेलमा सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलन कोभिड–१९ ले नेपालमा पारेको प्रभाव, कोभिडपछि विश्वमा चालिएका कदम र नेपालले अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुनेछ । सम्मेलनको संयोजकमा संघका महासचिव हेमराज शर्मा र सहसंयोजक संघका आईसीसी सदस्य हरिप्रसाद दाहाल छन् । संघले सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसन आयोजना गरिनेछ ।


प्रकाशित : श्रावण १७, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?