कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्भेस्टमेन्टलाई ‘सर्वश्रेष्ठ साझेदार–२०१९’ पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले ‘सर्वश्रेष्ठ साझेदार–२०१९’ पुरस्कार पाएको छ ।

एनआईबीएलले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि उक्त पुरस्कार प्राप्त गरेको जनाइएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्

अनलाइन कक्षालाई एनसेलको नयाँ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — यो योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा पाउँछन्

एनसेलले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा अनलाइन कक्षा तथा सिकाइका लागि मासिक योजना ल्याएको छ ।

अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा यो योजना ल्याइएको एनसेलले जनाएको छ ।  ।

विद्यार्थीले करबाहेक मासिक २ सय ५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रीजी/फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् ।

प्रकाशित : श्रावण १७, २०७७ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×