१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अनलाइन कक्षालाई एनसेलको नयाँ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — यो योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा पाउँछन्

अनलाइन कक्षालाई एनसेलको नयाँ योजना

एनसेलले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा अनलाइन कक्षा तथा सिकाइका लागि मासिक योजना ल्याएको छ ।

अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा यो योजना ल्याइएको एनसेलले जनाएको छ ।  ।

विद्यार्थीले करबाहेक मासिक २ सय ५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डेटा, १ जीबी थ्रीजी/फोरजी डेटा, २ जीबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् ।

प्रकाशित : श्रावण १७, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?