साओमीको ‘रेडमी नोट ९’ सिरिज

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल टेक्नोलोजी लिडर साओमीले शुक्रबार नेपाली बजारमा नयाँ दुई स्मार्टफोन ‘रेडमी ९’ र रेडमी ९ए’ सार्वजनिक गरेको छ ।

साओमीको ‘रेडमी नोट ९’ सिरिज

साओमीको रेडमी ९ मा भर्सटाइल क्यामेरा क्षमता, ५०२० एमएएच क्षमताको ब्याट्री, ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले र १८ वाटको फास्ट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्ने जस्ता विशेषता छन् । यसमा मिडियाटेक हेलियो जी ८० एसओसी छ । रेडमी ९एमा ६.५३ इन्च ठूलो डिस्प्ले, ५००० एमएएच ब्याट्री, मिडियाटेक हेलियो जी २५, अक्टाकोर गेमिङ चिपसेट र एआई अप्टिमाइज्ड १३ एमपी रियर क्यामेरालगायत विशेषता छन् ।

‘रेडमी ९’ को मूल्य ३ जीबीका साथ ३२ जीबी भेरियन्टको १६ हजार ९ सय ९९ रुपैयाँ र ४ जीबीका साथ ६४ जीबी भेरियन्टको १७ हजार ९ सय ९९ रुपैयाँ छ । ‘रेडमी ९ ए’ २ जीबीका साथ ३२ जीबी भेरियन्टको ११ हजार ४ सय ९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?