२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुनको मूल्यमा नयाँ रेकर्ड

रासस

काठमाडौँ — शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल र तेजाबी सुन प्रतितोला एक हजार ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३६५ रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार १५० रुपैयाँ तोकेको छ । 

सुनको मूल्यमा नयाँ रेकर्ड

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा शुक्रबार सुनको मूल्य प्रतिऔँस एक हजार ९०१ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । 'नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोबार शून्य भएको हो',उनले भने । तत्काल सुनको मूल्य घट्ने संकेत आफूले नपाएको उनले बताए । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोबार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । 'अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्', अध्यक्ष सुनारले भने ।

प्रकाशित : श्रावण ९, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?