१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कञ्चनपुर भन्सारमा लक्ष्यको आधा राजस्व

कञ्चनपुर — लकडाउनका कारण झन्डै तीन महिना बन्द रहेको कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यको आधा मात्रै राजस्व संकलन गरेको छ । कोरोना संक्रमण फैलिएका कारण कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने आयातनिर्यात प्रभावित भएपछि लक्ष्यअनुसार राजस्व नउठेको हो ।

कञ्चनपुर भन्सारमा लक्ष्यको आधा राजस्व

भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ४८ करोड ६८ लाख राजस्व संकलनको लक्ष्य पाएको थियो । तर असार २९ सम्म २५ करोड ६८ लाख मात्रै संकलन भएको कञ्चनपुर भन्सार कार्यालयका निमित्त प्रमुख नकुल शर्माले भने, ‘कोरोनाका कारण राजस्व संकलनको ४ महिना पूरै प्रभावित भयो ।’

लकडाउनयता भन्सार कार्यालय पनि बन्द भएको थियो । अन्य भन्सार खुला रहे पनि यहाँको भन्सार स्थानीय प्रशासनले बन्द गराएको हो । असार १ देखि दैनिक तीन घण्टा मात्रै भन्सार खुला गरिएको हो । वैशाखमा ३ करोड ९० लाख र जेठमा ४ करोड ३५ लाख लक्ष्य भए पनि संकलन शून्य रह्यो । चैतमा पनि ३ करोड ६७ लाखको लक्ष्य भए पनि ६३ लाख मात्रै उठ्यो ।

‘फागुनदेखि नै राजस्व संकलन प्रभावित थियो, तीन महिना त ठप्प नै भयो,’ शर्माले भने, ‘असारमा पनि खासै मालसामान आएको छैन ।’

प्रकाशित : श्रावण १, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?