१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको हो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमका प्रबक्ता बिनितमणी उपाध्यायले बताए । 

फेरि बढ्यो इन्धनको मूल्य

‘भारतीय आयल कर्पोरेसन्सले पठाएको मूल्यसुचीअनुसार पेट्रोलमा ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेलमा १४ रुपैयाँ २५ पैसा वृद्धि भएको छ,’ उनले भने, ‘मूल्य उच्च बढे पनि साबिक मूल्यमा १ रुपैयाँमात्रै बढाएका छौं । नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’ निगमले असार १६ गते पेट्रोलमा ५ रुपैया, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएको थियो । १० दिन नबित्दै पुन: मूल्य बढाएको छ ।


प्रकाशित : असार २६, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?