कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेगाको एकीकृत कारोबार सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — मेगा बैंकले गण्डकी बैंकलाई प्राप्तिपछिको एकीकृत कारोबार आइतबारदेखि सुरु गरेको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकीलाई मेगाले प्राप्ति गरेको घोषणा गर्दै एकीकृत कारोबार सुरु गरेको हो ।

प्रकाशित : असार २२, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्

कोष–चन्द्रागिरि सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ । कोष र हिल्सबीच आइतबार स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन र प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार कोषले चन्द्रागिरिको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभूत गर्नेछ । कोषका कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरिका महाप्रबन्धक अभिषेकविक्रम शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : असार २२, २०७७ १७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×