कोष–चन्द्रागिरि सहकार्य

काठमाडौँ — नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ । कोष र हिल्सबीच आइतबार स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन र प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार कोषले चन्द्रागिरिको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर प्रत्याभूत गर्नेछ । कोषका कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरिका महाप्रबन्धक अभिषेकविक्रम शाहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : असार २२, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?