कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हुम्लामा ६ हजार क्‍विन्टल चामल मौज्दात

छपाल लामा

हुम्ला — बर्सेनि खाद्यान्न अभाव हुने हुम्लामा यस वर्ष झण्डै ६ हजार क्‍विन्टल चामल मौज्दात छ । लकडाउनको समयमा जहाजमार्फत ढुवानी भएकाले यस वर्ष चामल पर्याप्त भएको खाद्य संस्थानले जनाएको छ । 

हुम्लामा ६ हजार क्‍विन्टल चामल मौज्दात

खाद्य व्यवस्था तथा आपूर्ति कम्पनी लिमिटेड (खाद्य संस्थान) का अनुसार अहिले विभिन्न खाद्य डिपोमा ६ किसिमका चामल मौज्दात छ । सबैभन्दा बढी जिरा मसिनो चामल मौज्दात रहेको शाखा प्रमुख राम विष्टले बताए । उनका अनुसार कम्पनीले जापानीज चामल ६५, अरुवा ५७, जिरामसिना ७०, गार्खानाथ ६२, सोनामन्सुली ६२ र मध्यम चामल ६१ रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेको छ ।

कम्पनीले सदरमुकाममा मौज्दात रहेको १ हजार क्‍विन्टल चामल याल्बङमा पठाउने तयारी गरेको छ । ‘विगत वर्षमा ठेकेदारले लापरबाही गर्दा र ढुवानी समस्या हुँदा खाद्यान्न अभाव हुने गरेको थियो,’ उनले भने, ‘अहिले मौज्दात रहेको चामलले तिहारसम्मको माग धान्ने अनुमान छ ।’ सिमकोटमा दैनिक १५ सयदेखि २ हजार क्‍विन्टल खाद्यान्न मौज्दात हुने गरेको छ । संस्थानले जन्म र मृत्यु संस्कारमा स्थानीयलाई २० किलो चामल निःशुल्क वितरण गरिरहेको छ ।


प्रकाशित : असार २१, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?