१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पर्यटनमा ३४ अर्बको नोक्सान

काठमाडौँ — कोभिड १९ का कारण सरकारले चैत्र ११ देखि गरेको लकडाउनका कारण मध्य असारसम्म पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान भएको छ । 

पर्यटनमा ३४ अर्बको नोक्सान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, प्रतिमहिना सरदर १० अर्बको कारोबर पर्यटन क्षेत्रले गुमाउँदै आएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रुद्रसिंह तामाङका अनुसार, पर्यटन तथा हवाई क्षेत्रले साढे ३ महिनामा ३४ अर्ब नोक्सानी ब्यहोरेको हो । साउन ७ सम्म मन्त्रालयले थप ७ अर्ब नोक्सानी पुग्ने दाबी गरेको छ । नेपाल पर्यटन बोर्ड तथा नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययनले यस्तो देखाएको हो ।

पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रमा आबद्ध व्यवसायलाई ५ प्रतिशतमा कर्जा उपलब्ध गराउने कार्यक्रम बजेटमार्फत ल्याइएको जनाएका छन् । उनले पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनु पर्ने रकमका लागि अवधि बढाइएको, लकडाउनमा लाग्ने डिमरेज चार्जमा छुट दिइएको, २० करोड रुपैयाँको पर्यटन पुनर्उत्थान कार्यक्रम ल्याइएको जनाए । त्यस्तै होटलका लागि भ्याट दाखिला गर्ने २ महिनाको समयलाई चार महिना पुर्‍याइएको बताए ।

प्रकाशित : असार १९, २०७७ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?