कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एफवान सफ्टमा पछाई

काठमाडौँ — एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा शिशिर पछाई नियुक्त भएका छन् ।

एफवान सफ्टमा पछाई

पछाईलाई बुधबार एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले औपचारिक रूपमा स्वागत गरे । पछाईले एफवान सफ्ट गु्रपका कम्पनीहरूको अपरेसनको कार्यभार सम्हाल्नेछन् । सफट्वेयरको क्षेत्रमा बेग्लै नाम बनाएको एफवान नेपालका ठूला आईटी कम्पनीमध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवानले वित्तीय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्रीवितरण गर्दै आएको छ ।

प्रकाशित : असार १८, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?