बजारमा सेल्फी डिजाइन ‘भिभो भी १९’

कान्तिपुर संवाददाता

काठमाडौँ — भिभोले बुधबार नेपाली बजारमा आफ्नो नयाँ उत्पादन ‘भिभो भी १९’ सार्वजनिक गरेको छ ।

यसमा ३२ प्लस ८ मेगापिक्सेलको सुपर वाइड एंगल डुअल फ्रन्ट क्यामेरा, सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रिन डिजाइन छ । सेल्फीका लागि कटिङ–एज क्यामेरा प्रविधि, फरक स्टाइलका लागि इनोभेटिभ डिस्प्ले तथा डिजाइन र ४५ सय एमएएच क्षमताको ब्याट्री पर्फमेन्स जस्ता विशेषता पनि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार १८, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्

सेते दमाईको सालिक बन्‍ने

ज्योति कटुवाल

दैलेख — छोराले अन्तरजातीय विवाह गरेको भन्दै हत्या गरिएका नौमूले गाउँपालिका–१ तोलीका सेते दमाईको ९ वर्षपछि सालिक बन्ने भएको छ । संघीय सांसद पार्वती विशुंखेको पहलमा दमाईको सालिक बन्न लागेको हो ।

२०६८ सालमा छोराले अन्तरजातीय विवाह गरेपछि विवाद हुँदा बुहारीका माइतीपक्षको खुकुरी प्रहारबाट उनको हत्या भएको थियो । उनका कान्छा छोरा सन्तबहादुरले सोही गाउँकी राजकुमारी शाहीसँग २०६८ साउन २८ गते विवाह गरेका थिए ।

जिल्लामा जातीय विभेदको समस्या कायमै रहेकाले घटना स्मरण गराउन सालिक बनाउन लागिएको विशुंखेले बताइन् । ‘जातीय विभेदमा परी ज्यान गुमाउने उनीजस्ता धेरै छन्,’ उनले भनिन्, ‘छुवाछुत अन्त्य किताबमा लेखेर मात्र हुँदैन, व्यवहारमा लागू गर्न पनि आवश्यक छ ।’ ढिलै भए पनि दमाईका परिवारले न्याय पाएको दलित मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल नेपालीले बताए । उनका अनुसार हत्या घटनाका ९ दोषीमध्ये मुख्य योजनाकार विन्दकला शाहीसमेत ३ जनालाई २०/२० वर्षको जेल सजाय तोकिएको छ । उनीहरुले अहिले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।


प्रकाशित : असार १८, २०७७ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×