२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजमार्गका होटल खुल्न थाले

सार्वजनिक सवारी नचलेकाले ग्राहक छैनन्, निजी सवारीमा आएकाहरू पस्न रुचाउन्नन्
हरिहरसिंह राठौर

धादिङ — लकडाउनयता बन्द रहेका पृथ्वी राजमार्ग छेउका होटल/रेस्टुरेन्ट खुल्न थाले पनि ग्राहक नहुँदा सुनसान छन् । राजधानी आउजाउ गर्ने यात्रुले भरिभराउ हुने होटलमा यतिबेला चहलपहल शून्यप्राय: छ । निजी र मालवाहक सवारी चल्न थालेपछि होटल खुल्न थालेका हुन् ।

राजमार्गका होटल खुल्न थाले

आँगनमा सवारी पार्किङ गर्न नदिन डोरी र पर्खालले छेकेका होटल/रेस्टुरेन्ट सञ्चालक अहिले अवरोध हटाएर सफा गर्दै छन् । कोही तीन महिनासम्म आँगनमा हुर्किएका झारपात उखेल्न व्यस्त छन् । कोही भने चोटाकोठामा लागेको माकुराको जालो हटाउन व्यस्त देखिन्छन् । मुग्लिङदेखि नौबिसेसम्म करिब १४ सय सानाठूला होटल सञ्चालनमा रहेको अनुमान छ ।

पृथ्वी राजमार्गको मलेखुस्थित माछा बजार खुलिसकेको छ । सेल, पकौडा, आलुचप बनाएर व्यवसायी ग्राहक कुरेर बसे पनि यात्रु होटलमा छिर्दैनन् । ‘तराईबाट आउने माछा लकडाउनले पर्याप्त छैन, स्थानीय माछाका परिकार बनाए पनि हतपत होटलमा कोही आउँदैनन्,’ होटल व्यवसायी प्रकाश त्रिपाठीले भने ।

गल्छीदेखि पूर्वका साना खाजा पसल बालुवा बोक्ने टिपर चालकले धानेका छन् । लामो दूरीका सवारी नचलेका कारण अरू होटलले ग्राहक कुरेर मात्रै बस्नुपरेको व्यवसायी बताउँछन् । स्थानीय प्रशासनले होटल सञ्चालन गर्न औपचारिक अनुमति भने दिएको छैन । खोलेका होटललाई पनि प्रहरीले बन्द गर्न कर गरेको छैन । ‘लामो दूरीका यात्रुवाहक सवारी सञ्चालन नभएसम्म होटल लयमा फर्कन सक्दैनन्,’ मलेखुमा होटल चलाइरहेका बोधनाथ दुवाडीले भने, ‘खोलेर मात्रै के गर्नु ? ग्राहक नै आउँदैनन् ।’ विदेशबाट फर्कनेलाई क्वारेन्टाइनमै राख्न तयार भए कोही नआएको होटल व्यवसायी संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

प्रकाशित : असार १६, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?