नेप्सेमा ऋणात्मक सर्किट ब्रेक

काठमाडौँ — सोमबार सेयर कारोबार सुरु भएको पहिलो घण्टामा नेप्सेमा ऋणात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको छ ।

नेप्सेमा ऋणात्मक सर्किट ब्रेक

अब २० मिनेटपछि बजार खुल्नेछ । दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटबढ भएपछि ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घटबढ हुँदा सो दिनको कारोबार नै बन्द गर्नुपर्ने व्यवस्था छ ।

बजार बन्द हुनुभन्दा अघिसम्म नेप्से ४८ अंकले घटेको छ । सो अवधिमा ८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १ हजार १ सय ४३ वटा मात्र कारोबारबाट ६९ कम्पनीका १ लाख ८२ हजार ५ सय ४७ कित्ता सेयर किनबेच भएका छन् ।

करिब तीन महिनापछि खुलेको बजार सुरुदेखि नै निरन्तर ओरोलो लागिरहेको छ ।

प्रकाशित : असार १५, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?