१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भायनेटको ई–लर्निङ

काठमाडौँ — इन्टरनेट सर्भिस प्रदायक भायनेटले विद्यार्थी र शिक्षकका लागि ई–लर्निङ टीभी नामक दुई नयाँ प्याकेज ल्याएको छ ।

भायनेटको ई–लर्निङअन्तर्गत नयाँ प्याकेजले बिहान ६ देखि दिउँसो ४ बजेसम्म इन्टरनेटको गतिलाई ५० एमबीपीएससम्म दोब्बर गर्न सक्छ । अन्य समयमा २५ एमबीपीएसमा सञ्चालन हुन्छ । त्यस्तै फोकस मोड प्याकेजमा भायटीभी सर्भिस रहेको कम्पनीले जनाएको छ ।

यो सर्भिसमा २ सय ५० भन्दा बढी च्यानलका साथ पज र प्ले, क्याचअप टीभी, मुभी अन डिमान्ड र मोबाइल एपलगायत विशेषता रहेका छन् । यो प्याकेज प्रतिमहिना १ हजार ७ सय रुपैयाँमा उपलब्ध हुनेछ ।




प्रकाशित : असार ९, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?