मेगाका ग्राहकलाई रिचार्जरमा छुट

काठमाडौँ — मेगा बैंकका ग्राहकले रिचार्जर एपमार्फत खरिद गर्दा छुट पाउने भएका छन् ।

मेगाका ग्राहकलाई रिचार्जरमा छुट

बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले ई–कमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

एपबाट स्वास्थ्य सामग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको बंैकले जनाएको छ । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुट, सेफ्टी चस्मा, फेस प्रोटेक्टर र डिस्इन्फेक्टेन्ट स्प्रेलगायत विभिन्न स्वास्थ्य सामग्री खरिदमा छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।


प्रकाशित : जेष्ठ ३१, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?