कोरोना बिमा शुक्रबारदेखि नै सुचारु - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना बिमा शुक्रबारदेखि नै सुचारु 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थगित गरिएको कोरोना बिमा शुक्रबारदेखि नै सुचारु भएको छ । कोरोना बिमाको दायित्व सरकार, बिमा कम्पनी, पुनर्बिमा र बिमा समिति सबैले व्यहोर्ने सहमति भएपछि शुक्रबारदेखि नै बिमा सूचारु गर्न बिमा समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।  

बिमा गर्नेको संख्या बढेसँगै कम्पनीको पुँजीभन्दा दायित्व बढी भएको भन्दै केही समय थप बिमा स्थगन गर्न समितिले निर्देशन दिएको थियो ।

प्रकाशित : जेष्ठ २३, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्

रिपोर्ट नेगेटिभ आएपछि ८ जना घर जाँदै

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेशमा कोरोना संक्रमित भएकामध्ये १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीमध्ये ८ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना रोग फोकल पर्सन डा. केएन पौडेलका अनुसार ४ जना बच्चाको रिपोर्ट नेगेटिभ आए पनि उनीहरु आमासँगै भएकाले डिस्चार्ज गरिने छैन ।

कर्णाली प्रदेश अस्पतालमा हाल ६७ जना कोरोना संक्रमित उपचाररत छन् । डिस्चार्ज हुनेमा १ जना दैलेखका र अन्य सुर्खेतका रहेका डा. पौडेलले बताए ।

कर्णालीमा बिहीबारसम्म ३ सय ८९ जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित : जेष्ठ २३, २०७७ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×