कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तातोपानी भन्सारबाट उठ्यो एक अर्ब २७ करोड राजस्‍व

रासस

सिन्धुपाल्चोक — निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको छ ।

तातोपानी भन्सारबाट उठ्यो एक अर्ब २७ करोड राजस्‍व

कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजस्व एक अर्ब २७ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । गत फागुनसम्ममा एक अर्ब आठ करोड ९५ लाख राजस्व संकलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख राजस्व असुली भएको छ । यही जेठमा मात्र १२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट एक अर्ब ७८ करोड २५ लाख २७ रुपैयाँ हजारको सामान भित्रिएको छ ।

भन्सार कार्यालयका प्रमुख खत्रीले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि एक अर्ब ६२ करोड १२ लाख रुपैयाँ बराबरको स्वास्थ सामग्री मात्र आयात भएको छ ।

यस्तै यस अवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, चार करोड ४४ लाखको धानको बीउ, र ८२ लाखको कृषि सामग्री र ४९ लाख बराबरको एम्बुलेन्स आयात भएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?