२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

विश्व बैंकको १० करोड डलर ऋण स्वीकृत

काठमाडौँ — ऊर्जा क्षेत्रको वित्तीय क्षमता सुधार्न र कोभिड–१९ संकटबाट पुन:स्थापनाका लागि विश्व बैंकले नेपाल सरकारका लागि १० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । विकास नीति ऋणअन्तर्गतको दोस्रो किस्ताबापतको ऋण स्वीकृत गरिएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विश्व बैंकको १० करोड डलर ऋण स्वीकृत

नेपालको ऊर्जा क्षेत्रको आर्थिक सम्भावना उजागर गर्न संस्थागत, नियमनकारी र प्रमुख नीतिगत सुधार गर्न ऋण उपलब्ध गराइएको विश्व बैंकले बताएको छ । नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्था सुधार्न, स्वतन्त्र र उत्तरदायी खालको नियामक प्रारूप तयार पार्न, नेपालको जलस्रोतको अधिकतम उपयोगका लागि क्षेत्रीय बजारसँग जोडिन तथा संघीय संरचनाअनुसार विद्युत् प्राधिकरणलाई सशक्त पार्न यो रकम परिचालन हुनेछ ।

‘संकट र संकटपछि पनि नेपालको ऊर्जा क्षेत्रको सुधारका लागि निरन्तरता दिनु जरुरी छ,’ विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जार्भोसलाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘यो रकमले विश्वसनीय, पहुँचयोग्य र दिगो खालको ऊर्जा क्षेत्र बनाउने सरकारको प्रतिबद्धतालाई सघाउँछ ।’

प्रकाशित : जेष्ठ २२, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?