विद्युतीय सवारी विलासिताको वस्तु भएकाले कर छुट दिन सकिन्न : भन्सार

काठमाडौँ — भन्सार विभागले भने विद्युतीय सवारी विलासिताको वस्तु भएकाले छुट दिन नसकिने प्रस्ट्याएको छ । विद्युतीय सवारीको तुलनामा पेट्रोल/डिजेलका गाडी धेरै सस्तो पर्ने भएकाले विद्युतीय सवारीमा सबै भन्सार छुट दिन सम्भव नभएको विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ ।

विद्युतीय सवारी विलासिताको वस्तु भएकाले कर छुट दिन सकिन्न : भन्सार

‘गत वर्षदेखि विद्युत् उत्पादन बढ्यो । एक करोड रुपैयाँ पर्ने विद्युतीय गाडी एक हजार हाराहारीमा भित्रिए,’ उनले भने । यस्ता सवारीलाई पुँजीपतिहरूले सोखका रूपमा प्रयोग गरिरहेको उनको दाबी छ । ‘विलासिताका रूपमा चलाउँछन् भने महसुल किन नलिने ?’ उनले सोधे । विद्युतीय सवारीमा सबै भन्सार छुट दिएर बराबर बनाउन नसकिने उनको भनाइ छ ।

कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा भने भन्सार शुल्क नलाग्ने दाहालले बताए । ‘कृषि कार्यबाहेक अन्य धेरै प्रयोजनमा पनि युरिया मलको उपयोग हुन्छ,’ उनले भने, ‘त्यसको हकमा ५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । कृषि मन्त्रालयको कोटाअनुसार कृषि सामग्री कम्पनीले आयात गर्ने मलमा लाग्दैन ।’

इन्डक्सन चुलो आयातमा पनि भन्सार शुल्क घटेको उनको भनाइ छ । ‘इन्डक्सन चुलोमा १५ प्रतिशत भन्सार महसुल थियो । अहिले ५ प्रतिशतमा झारिएको उनले बताए ।

सम्बन्धित समाचार :

प्रकाशित : जेष्ठ १९, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?