कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इन्धनको भन्सार प्रतिलिटर १० रुपैयाँ बढ्यो

सर्वसाधारणलाई मासिक पौने २ अर्ब भार

काठमाडौँ — सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लगाउँदै आएको भन्सार शुल्कमा थप १० रुपैयाँ बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमार्फत इन्धनको भन्सार शुल्क बढाएका हुन् । यससँगै सर्वसाधारणलाई मासिक थप पौने २ अर्ब रुपैयाँ भार थपिएको छ ।

इन्धनको भन्सार प्रतिलिटर १० रुपैयाँ बढ्यो

‘बढेको भन्सार शुल्क शुक्रबारदेखि नै लागू हुन्छ । तत्काल उपभोक्ताले व्यहोर्नुपर्दैन । निगमको लागत बढ्छ,’ आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले भने ।

निगमले तत्काल निगमकै नाफाबाट उक्त शुल्क भुक्तानी गर्ने जनाए पनि अन्तत: उपभोक्तालाई नै भार पर्छ । निगमका अनुसार यसअघि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार शुल्क लाग्थ्यो । अब प्रतिलिटर २५ रुपैयाँ २० पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँबाट बढेर १२ रुपैयाँ र मट्टितेलमा पनि २ रुपैयाँबाट बढेर १२ रुपैयाँ शुल्क लाग्नेछ । ‘यसअनुसार सरकारलाई मासिक पौने २ अर्ब राजस्व उठ्ने देखिन्छ,’ उनले भने । सरकारले हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर भने घटाइएको छ । हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लाग्थ्यो । अहिले हवाई उडान ठप्प भएकाले पूर्वाधर कर हटाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?