२०१९ मा पनि लुम्बिनी सर्वाधिक भ्रमण गरिएको गन्तव्य 

नेपालमा तारे होटल १ सय ३८, होमस्टे ३ सय ८९
सुरज कुँवर

काठमाडौँ — आर्थिक सर्वेक्षणले नेपालमा सर्वाधिक भम्रण गरिने गन्तव्यमा यस वर्ष पनि लुम्बिनीलाई देखाएको छ । 

२०१९ मा पनि लुम्बिनी सर्वाधिक भ्रमण गरिएको गन्तव्य 

सन् २०१९ मा १७ लाख ७९ हजार ८६ पर्यटकले लुम्बिनी भम्रण गरेका थिए । त्यसअघि सन् २०१८ मा लुम्बिनीमा १५ लाख १७ हजार पर्यटक पुगेका थिए । लुम्बिनीमा सबैभन्दा धेरै भम्रण गर्नेमा नेपाली ७९ प्रतिशत र भारतीय ११ प्रतिशत छन् । अन्य मुलुकका नागरिक १० प्रतिशत छन् । गत वर्षको तुलनामा यस वर्ष लुम्बिनीमा भम्रण गर्ने पर्यटकको संख्या २.३ प्रतिशतले बढेको देखिन्छ ।

नेपालमा आउने पर्यटकमध्ये मनोरञ्जनका लागि आउनेहरु ६५ प्रतिशत छन् । त्यसैगरी पदयात्रा तथा हिमाल आरोहणका लागि आउनेहरु १४ प्रतिशत र अन्य उदेश्यका लागि आउनेमा ४ प्रतिशत छन् ।

सर्वेक्षणले पछिल्ला वर्ष पर्यटक आगमन वृद्धि भइरहेका बेला नेपालमा कोराना कारण सबैभन्दा असर यो क्षेत्रमा परेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाद्धारा मंगलबार संघीय संसदमा प्रस्तुत गरिएको चालु वर्षको आर्थिक सर्वेक्षण अनुसार, पर्यटकको बसाई वृद्धि भइरेका बेला कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा बढी असर परेको देखिएको छ । हाल पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, एयरलायन्स, टुर–ट्राभल, पदयात्रा हिमाल आरोहण सबै बन्द छन् । वार्षिक डेढ खर्ब रुपैया बराबरको टिकट तथा कार्गो कारोबार हुने नेपालमा स्वदेशी तथा विदेशी हवाई उद्योगले मात्रै दैनिक १० अर्ब रुपैयाँ बराबरको कारोबार गर्थे । जुन ७० दिन यता ठप्प छ ।

सर्वेक्षणले नेपालमा उडान भर्ने वायुसेवा कम्पनी पनि अघिल्ला वर्षको दाजोमा वृद्धि भइरहेको देखाएको छ । ०७५–७६ मा यीनको संख्या २९ थियो तर चालु आर्थिक वर्षमा यो संख्या ३० पुगेको छ । त्यस्तै नेपालको आन्तरिक उडानमा सबै मौसममा संचालन रहने विमानस्थलको संख्या ३५ पुगेको छ । देशभर ५० वटा विमानस्थल छन् ।

कारोनाकै कारण २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर भम्रण वर्ष अभियान थालनी गरेर लगत्तै बन्द गर्न पुगेको सरकारले तुलनात्मक लाभको क्षेत्रका रुपमा रहेको पर्यटनबाटै अबको ५ वर्षपछि ८ लाख ९८ हजारलाई रोजगारी दिँदै २५ लाख पर्यटकलाई नेपाल भम्रण गराउने लक्ष्य लिएको छ ।

सन् २०१९ को कुल पर्यटक आगमन हेर्दा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकहरुमा क्रमशः भारत, चीन, अमेरिका, बेलायत र श्रीलंका छन् । यी मुलुकबाट आउने पर्यटकको संख्या कुल पर्यटक आगमनको ५३ प्रतिशत रहेको छ ।

सरकारले ६५ हजार मिटरभन्दा अग्ला हिमालबाट रोयल्टी उठाउँछ भने योभन्दा मुनिका हिमालबाट नेपाल पर्वतरोहण संघले रोयल्टी उठाउँछ । यस वर्ष अघिल्लो वर्षको दाँजोमा करिब १० करोडका दरले रोयल्टी बढेर ६८ करोड पुगेको छ । जसमा प्रदेश नम्बर १ मा रहेका हिमालबाट कुल रोयल्टीको ९० प्रतिशत र गण्डकी प्रदेशका हिमालबाट ८ दशमलब ५ प्रतिशत रोयल्टी उठेको हो ।

नेपालमा तारे स्तरका होटलको संख्या १ सय ३८ पुगेको छ । त्यस्तै पर्यटकस्तरका होटलको संख्या १ हजार १ सय ५१ पुगेको छ । यी सबैमा ४३ हजार ९ सय बेड पुगेको छ । त्यस्तै होमस्टेको संख्या ३ सय ८९ पुगेको छ । जसमा १ हजार ८८ बेड छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?