कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

८ महिनामा डेढ खर्ब विदेशी लगानी स्वीकृत

काठमाडौँ — चालु आवको फागुनसम्म लगानी बोर्डले १ खर्ब ५५ अर्ब विदेशी लगानी स्वीकृत गरेको सरकारले जनाएको छ । उद्योग विभागमार्फत हुने लगानी भने फागुनसम्म ३ अर्ब २४ अर्ब ५ लाखबराबरको स्वीकृत भएको छ ।

८ महिनामा डेढ खर्ब विदेशी लगानी स्वीकृत

उद्योग विभागमार्फत १ सय ७३ उद्योगमा गत फागुनसम्म कुल २९ अर्ब ६७ करोड ३० लाख लगानी प्रतिबद्धता आएको मंगलबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत आवको सोही अवधिमा २ सय १८ उद्योगका लागि ११ अर्ब १८ करोडको लगानी प्रतिबद्धता आएको थियो । हालसम्म दर्ता भएका विदेशी लगानीका उद्योगमा साना उद्योगको परिमाण धेरै भएको सर्वेक्षणमा जनाइएको छ । विदेशी लगानी भएका कुल उद्योगमध्ये ८३ प्रतिशत साना, ११ प्रतिशत मझौला र ६ प्रतिशत उद्योग ठूला हुन् ।

सरकारले सुरु गरेको एकल बिन्दु सेवाको सुरुवात र लगानीको वातावरणमा भएको सुधारले चालु आर्थिक वर्षमा विदेशी लगानी र प्रतिबद्धता बढेको सर्वेक्षणमा दाबी गरिएको छ । नेपालमा हालसम्म ४ हजार ९ सय ९९ वटा विदेशी लगानीका उद्योग छन् । तीमध्ये सबैभन्दा बढी सेवा, पर्यटन, उत्पादनमूलकमा छन् ।

विदेशी लगानीका उद्योगमध्ये ऊर्जामा ४०, सेवा क्षेत्रमा १९, उत्पादनमूलक उद्योगमा १८ र पर्यटन क्षेत्रमा १६ प्रतिशत छन् । तर विदेशी लगानीका उद्योगले सेवा र पर्यटन क्षेत्रमा सबैभन्दा बढी रोजगारी दिएका छन् । तिनले २ लाख ६७ हजारलाई रोजगारी दिएको तथ्यांक छ । नेपालमा सञ्चालित विदेशी लगानीका उद्योगमध्ये सबैभन्दा बढी चिनियाँ र भारतीय छन् । उनीहरुको हिस्सा क्रमश: ४४ र ३० प्रतिशत छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?