कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सञ्चय कोषका ऋणीलाई पनि १० प्रतिशत ब्याज छुट 

काठमाडौँ — सञ्चय कोषले आफ्ना ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण ऋणीलाई मर्का परेको भन्दै सरकारले ब्याज छुट दिन निर्देशन दिएको थियो ।

सञ्चय कोषका ऋणीलाई पनि १० प्रतिशत ब्याज छुट 

सोही निर्देशनका आधारमा कोषले शुक्रबार ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

अब कोषका ऋणीले चैतदेखि असारसम्मको ब्याज असार मसान्तभित्र भुक्तानी गरे पाकेको ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । असारसम्म बुझाउनुपर्ने सापटीको ब्याज साउन १ सम्म बुझाउन पाइने सुविधा पनि कोषले दिएको छ ।

‘सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत कर्जा, शौक्षिक कर्जा र सरल कर्जाको ०७६ चैतदेखि ०७७ असारसम्मको ब्याज आउँदो असारभित्र तिरेर सो अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट दिने,’ विज्ञप्तिमा भनिएको छ ।

कोषले कोरोनाबाट मृत्यु भएका सञ्चयकर्तालाई प्रतिव्यक्ति २ लाख रुपैयाँ क्षतिपूर्ति पनि दिने भएको छ । कोरोनाबाट मृत्यु भएका सञ्चयकर्ताका हकवालालाई उक्त रकम प्रदान गरिने कोषले जनाएको छ ।


प्रकाशित : चैत्र २९, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?